images
images
  • अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

    न्युयोर्क- अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ ।

    मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।

    अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने विरामीको संख्या न्यून भए पनि यसको संक्रमण दर भने तीव्र छ । एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images