images
images
  • थप २६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार ५६६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

    योसँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख २७ हजार ७६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो समय थप २६० जना कोरोनाबाट निको भएका छन् ।

    योसँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोनाबाट दुईको मृत्यु

    पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ ।

    त्यसैगरी, पछिल्लो समय दुई लाख ८३ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९१० छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images