काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका श्रोतले बताएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















