काठमाडौं । पूर्वसांसद सुवास कर्मचार्यले नेकपा (एमाले) परित्यागको घोषणा गरेका छन् । उनले ४० वर्ष भन्दा लामो समय राजनीतिक यात्रा समाप्त गरेको घोषणा गरेका हुन् ।
२०५६ को आम निर्वाचनमा सांसद निर्वाचित कर्मचार्यले ८ वर्षसम्म (२०५६–०६४) सिन्धुपाल्चोकमा एमालेको नेतृत्व गरेका थिए । माधवकुमार नेपाल निकट उनी पार्टी विभाजनका बेला एमालेमै रहे । एमालेको दशौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका आकांक्षी थिए ।
तर केन्द्रीय कमिटीमा नपरेपछि उनी १० पुसमा बसेको जिल्ला कमिटीको बैठकमा समेत गएका थिएनन् । त्यसको भोलिपल्ट एमाले परित्याग गरेको घोषणा गरेका उनले कुन राजनीतिक दलमा जाने भन्ने निर्णय भने गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















