images
images
  • जबरजस्ती करणीको प्रयासको आरोपमा १६ वर्षीय बालक पक्राउ

    रुकुमपूर्व । रुकुम (पूर्व)मा जबरजस्तीकरणीको उद्योगमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए । सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७ वर्षका) दाइसँग घरमै बसिरहेकी थिइन् । त्यसै बखत ती युवक घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए । परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा ती बालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विसीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images