टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० तारिख सम्पन्न निर्वाचनमा सेटिङमार्फ़त धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाउदै आएको निवर्तमान कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष पुनस् निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ ।
शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गरिएको वक्तव्यमा एनआरएनए जापानको निर्वाचनमा प्रविधिको गलत ढंगले दुरुपयोग गर्दै अबैध रूपमा मतदान गराइएको विद्यार्थीहरूलाई समेत गैर कानुनी रूपमा रुपमा मतदान गराइएको, १७०० भोट नक्कली मतदाता बनाएर मत राखिएको लगाएतका गम्भिर त्रुटिहरू निर्वाचन समीक्षा समितिले औल्याएकोले सम्बन्धित निकायबाट त्यसको निष्पक्ष निर्णय नहुने अवधिसम्मको लागि २०१९-०२१ कार्यकालको समितिले नै संस्थाका संस्थागत कामकारवाही जारी राख्ने उल्लेख गरिएको छ ।
जारी गरिएको वक्तव्यमा जुलाई ३० मा सम्पन्न निर्वाचन पूर्णरुपमा धाँधलीपूर्ण अवैधानिक विधान विपरीत र स्वच्छ हुन नसकेको यथार्थतालाई मध्यनजर गरेर एनआरएनए आइसीसीले सर्वपक्षीय सहकार्यमा अर्कों निर्वाचन सम्पन्न नहुने अवधिसम्मको लागि २०१९-२०२१ को कार्यसमिति नै क्रियाशील गराइने उल्लेख गरिएको छ ।
यता निर्वाचनबाट निर्वाचित कार्यसमितिले यस्ता भ्रममा नपर्नका लागि जापानबासी नेपाली समुदायमा आग्रह गरेको छ । निवर्तमान कार्यसमितिले नै निर्वाचन सम्पन्न गराएको यथार्थतालाई नभुलन विधि पद्धति र नियम क़ानूनलाई पालना गर्दै निर्वाचनको परिणामलाई स्वीकारेर जानको लागि पनि भनिएको छ ।
एनआरएनएको १०औं महाधिवेशन प्रतिनिधि चयन लगायत उठेका विषयमा समाधान ख़ोज्न संरक्षक परिषदलाई अधिकार प्रदान गरेसगै जापानको निर्वाचनमा ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिंग लिंक एउटै इमेलमा प्राप्त गरि २९०४ मत खसालिएको तथ्य पाइएकोले स्वस्थ्य र निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको प्रतिवेदन निर्वाचन समीक्षा समितिले दिएकोले सोही आधारमा सो निर्वाचन रद्द गर्नका लागि पराजित उम्मेदवारहरुले उजुरी गरेका छन ।



विश्व खबर 



















