images
images
  • पुरुष भलिबल टोलीको दोस्रो हार

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको छ ।

    बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलेको नेपालले पहिलो सेट २५-१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२-२५ आफ्नो पक्षमा पारेको थियो ।

    तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको टोलीले लगातार तेस्रो सेट २५-१६ र चौथो सेट २५-१५ ले गुमायो ।

    यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो ।

    प्रतियोगितामा तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपालले तीन अंक बनाएको छ ।

    नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ३:४५ मा हुनेछ ।

    पुरुषतर्फको खेलमा समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images