काठमाडौं । आख्यानकार सीमा पुरीको उपन्यास ‘अपरिचित’ आज लोकार्पण भएको छ ।
एपेक्स लाइफ स्कुल कपनमा लोकार्पण भएको हो । पुस्तकको लोकार्पण गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले सामाजिक कथामा आधारित उपन्यास निकै सुन्दर रहेको बताए । उनले परिमार्जन गर्न सकिने ठाउँ रहेको उल्लेख गरे ।
कार्यक्रममा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतको उपस्थिति थियो । उनको यो दोस्रो कृति हो । यसअघि उनको पहिलो परी प्रकाशन भइसकेको छ ।
बिएन पुस्तक संसार प्रालिद्धारा प्रकाशित पुस्तकको बजार मूल्य रु ३८५ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















