images
images
  • सिधै महाधिवेशनमा जाँदै माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सिधै महाधिवेशनमा जाने निर्णय गरेको छ ।

    आज पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले आइबारदेखि काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनलाई सिधै आठौं महाधिवेशन गर्ने निर्णय गरेको हो।
    पार्टी स्थायी कमिटी बैठकपछि नेता हरिबोल गजुरेलले राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए।

    स्थायी कमिटी बैठकपछि पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए।

    माओवादीले राष्ट्रिय सम्मेलनमा नेतृत्व भन्दा बढी विचारको बहस गर्ने तयारी गरेको थियो। गजुरेलका अनुसार देशभरबाट आएका सुझाव, शुभकामना र कार्यकर्तामा देखिएको उत्साहलाई ख्याल गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको छ।

    एक नेताका अनुसार माओवादीले यसलाई आठौँ महाधिवेशन भन्ने भएको छ। स्थायी कमिटीको यो निर्णयलाई आइतवार बिहान ८ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ।

    माओवादीको यसअघि शुक्रबार बसेको बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images