images
images
  • आइतबारदेखि यी ठाउँबाट बनाउन सकिन्छ राष्ट्रिय परिचयपत्र

    काठमाडौं । सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै अहिले जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ ।

    विशेषगरी ई-पासपोर्ट बनाउन काठमाडौं आएका सेवाग्राहीहरू अहिले राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

    यसैबीच ई(पासपोर्ट बनाउन काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौंका तीन ठाउँमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने जनाएको छ ।

    यसअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय ललितपुर र नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने विभागले जनाएको छ ।

    विभागका अनुसार बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् ।

    त्यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।

    प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्नेछन् ।

    यी ठाउँबाट फर्म भर्नासाथ राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images