images
images
  • माओवादी स्थायी समिति बैठकः पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।

    शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।

    अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

    माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन-कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए । उनका अनुसार यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुनेछ ।

    माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images