काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले राजनीतिक दलको सहमतिका आधार एमसीसी पास गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले एमसीसीको बुँदाबुँदामा राजनीतिक दलबीच छलफल गरेर सहमतिका आधारमा पास गर्नुपर्ने बताएका हुन् ।
“एमसीसीबारे कांग्रेसको आफ्नै खालको दृष्टिकोण छ, दलका बीचमा आ–आफ्नो दृष्टिकोण छन्, मेरो व्यक्तिगत कुरा के हो भने यो सिङ्गो नेपालको एजेण्डा हो भनेर दलबीच बहस र छलफल सुरु गर्नुपर्छ”, उनले भने । राजनीतिक दलको सहमतिबिना एमसीसी पास गर्दा मुलुकलाई राम्रो नगर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















