images
images
  • मतगणना अपडेटः शशांक अघिअघि, एनपी साउद पछिपछि

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् ।

    पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।

    शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउद कोइराला भन्दा पछिको मत पाइरहेका छन् ।

    उनले १०२२ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले ९७५ मत पाएका छन् ।

    खाँणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले ९६९ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ९५५ मत पाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images