images
images
  • अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्युदर ३४ प्रतिशतले वृद्धि

    एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ ।

    न्यूयोर्क टाइम्सले बिहिबार सार्बजनिक तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।

    बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।

    यसैगरी सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ ।

    अमेरिकामा वयस्कहरूले अर्थात् १८ वर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४.६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.२ प्रतिशतले लगाइसकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७०.५ प्रतिशत र ५ वर्षभन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन् ।

    त्यस्तै ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

    अमेरिकामा हाल सम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हाल सम्म तेश्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images