images
images
  • एनआरएनए निर्वाचन स्थगितः विवाद सामाधानका लागि चार सदस्यीय समिति गठन

    काठमाडौं-कूल आचार्य पक्षले चुनावमा भाग नलिने चेतावनी दिएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सहमतिको प्रयास थालेको छ । अध्यक्ष कुमार पन्तले संस्थाभित्रको विवादलाई सहमति र संवादका आधारमा समाधान गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् । समिति सदस्यहरुमा संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा.यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डीबी क्षेत्री छन् ।

    अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यलाई पत्र लेख्दै उनले सर्वसम्मत समाधान खोज्न संरक्षक, सल्लाहकार, अग्रज, आइसीसीका सदस्यहरुसँग छलफल र सल्लाह थालेको बताएका छन् ।तर, अहिलेको निर्वाचन कार्यतालिका स्थगित गरिएको बारेमा उनले केही बताएका छैनन् । दोस्रोपटकको निर्वाचन पुस ११ र १२ गते तय गरिएको छ ।

    अध्यक्षका प्रत्यासी कूल आचार्यले सर्वसम्मत प्रयास भए आफूहरु चुनावमा सहभागी हुने बताए । सहमति खोज्न संस्थापनले पहल थाल्नुलाई उनले स्वागतयोग्य भएको बताए । केही एनसीसीको चुनाव र मतदाता नामावालीलाई लिएर एनआरएनएमा विवाद देखिएको छ । आचार्य पक्ष विवादलाई समाधान गरेर मात्र चुनावमा जानुपर्ने अडानमा छ ।अध्यक्ष पन्तले चाहिँ घोषित मितिमै चुनाब गराउन प्रयास भैरहेको बताए ।

    समितिलाई के कस्तो अधिकार दिइएको छ र समितिले कहिलेसम्म समाधानका उपाय निकाल्ने भन्ने पत्रमा उल्लेख छैन । एनआरएनएले आइसीसीको निर्वाचन आगामी डिसेम्बर २६ र २७ तारिख तोकिएको छ भने मनोनयन भोलि डिसेम्बर १६ तारिख हुने तालिका रहेकोेमा आजै निर्वाचन समितिले निर्वाचन मिति बाहेकको निर्वाचन सम्बन्धि अन्य तालिका स्थगित गरेको सूचना जारी गरेको छ ।

    nrn photo

    समिति गठनमा कार्यसमिति भित्रै आपत्ति

    यसैबीच अध्यक्ष पन्तद्वारा गठित समिति गठनको कार्यसमितिका अधिकासले विरोध गरेका छन् । उपाध्यक्ष सोनाम लामाले यस्तो समिति अमान्य रहेको बताएका छन् ।उपाध्यक्ष लामाले अध्यक्ष पन्तको पत्रबारे आफुलाई कुनै जानकारी नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images