काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४३ हजार ७७७ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा झण्डै ११ हजारले कम हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७८८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९ हजार २९६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्