images
images
  • ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडको पोल्टामा

    काठमाडौँ । एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोलले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

    भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एकरएक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

    एट्लेटिकोले उपाधि हात पार्न ३८ खेलमा ८६ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडको ८४ अंक रह्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images