काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी हुटिङ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखियो ।
अध्यक्ष ओली सबैभन्दा ढिला आइपुगे । उनी आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबंहादुर बानियाँले बोलिरहेका थिए ।
ओली प्रवेश गर्नेवित्तिकै हुटिङ भएको थियो भने कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ‘कमरेड अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दछु’ भन्दा ठूलो संख्याले तालीले स्वागत गरे ।
अध्यक्ष ओलीलाई जस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा पनि हुटिङ भयो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















