काठमाडौं-मापदण्डअनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताए । उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने पनि जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’
उपभोक्ताको अधिकतम उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो । विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापदण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।
नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही गरेको हो ।विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरको मापदण्डअनुसार पाएको थिएन ।
संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । नेपाल गुुणस्तर ५ सय ७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो ।
नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा झुुठ फैलाइ उपभोक्ता ठग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खेलाँची गरी ज्यानसमेत जोखिममा पारेको विभागको कारबाहीले पुष्टि गरेको छ ।यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । सोबेला अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको भन्दै कारबाही गरेको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।
ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरूमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ पनि एक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्छ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठिकै मान्दै आएको छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरूमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सिमेन्टमा एमजीओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुके लगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजीओको मात्रा कम हुनु आवश्यक छ ।
मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय मातहतका निकायले समेत मारुती सिमेन्ट प्रयोगमा रोक लगाइसकेको छ । विगतदेखि नै मारुती सिमेन्टको चेकजाँच गर्दा गुणस्तरमाथि शंका हुने गरेको र अब प्रयोगमा ल्यायो भने त आयोजना नै धरापमा पर्ने भएकाले मारुती सिमेन्टको प्रयोग डुुब्न चाहनेले मात्र प्रयोग गर्ने एक अधिकारीले बताए ।
सरकारी निकायले नै गुुणस्तरहीन भनिसकेकाले यसको प्रयोग सर्वसाधारणले पनि गर्न नहुने र कसैले घर निर्माणका लागि किनेको भए तत्काल फिर्ता गर्न मन्त्रालयका अधिकारीले आग्रह गरेका छन् ।नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।


विश्व खबर 




















