images
images
  • एनआरएनएको स्थगित चुनाव अब डिसेम्बर १९ मा हुने (विज्ञप्तिसहित)

    काठमाडौं । गैर आवासीय नेपाली संघले स्थगित चुनाव डिसेम्बर १९ मा हुने भएको छ ।
    अक्टोबर तेस्रो साता हुने कार्यक्रम रहेको एनआरएनएको चुनाव विवादका कारण स्थगित भएको थियो ।

    नोभेम्ब १९ मा विज्ञप्ति सार्वजनिक गर्दै एक महिना पनि कम समय राखेर हतारमा अर्को निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।विज्ञप्तिमा एनआरएनएको दशौं महाधिवेशन डिसेम्बर १९ र २० मा हुने उल्लेख छ ।

    एनआरएनए विदेशमा वस्ने नेपालीको पक्षमा लविगं गर्न गठन भएको संस्था हो । परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनआरएनएले अहिले विदेशमा वस्ने नेपालीको मुद्दालाई सही रुपमा उठाउन नसकेको आरोप लाग्दै आएको छ । नेपाली भएका विश्वका ८० भन्दा वढी देशमा फैलिएको एनआरएनएका करिव एक लाख ५ हजार सदश्य रहेको वताईएको छ ।

    विदेशमा वस्ने नेपालीको संख्या करिव ५० लाख रहेको अनुमान छ । यस तुलनामा एनआरएनएको सदश्य संख्या निकै कम हो ।

    एनआरएनए अध्यक्ष कुमार पन्त द्धारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्रीसंगको घनिभूत छलफल पछि चुनाव र महाधिवेशनको निर्णय गरिएको उल्लेख छ ।

    258883635 857527534934461 8371893683590518576 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images