images
images
  • एमालेनिकट उद्योगीरव्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने

    काठमाडौं- नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला शुक्रबार हुने भएको छ । भेलामा देशभरबाट उद्योग व्यवसायमा संलग्न रहेका नेकपा एमालेनिकट व्यवसायीहरूले सहभागिता जनाउने र नयाँ नेतृत्वको अनुमोदन गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिए ।

    नेकपा एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको उपाध्यक्ष सीएन पाण्डेले जानकारी दिए । भेलाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । भेलामा नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०स्३० बजेपछि सुरू हने भेलामा महासंघको केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, कर्पोरेट प्रदेशका सदस्यहरू, महासंघका जिल्ला शाखाका पदाधिकारी, सबै वस्तुगत संगठनका सदस्यहरू सहभागी हुनेछन् । भेलाले संगठन विस्तार सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।

    राष्ट्रिय भेलाले महासंघको नेतृत्वको मनुमोदन गर्ने र एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ । एमालेको १०औँ महाधिवेशन १०(१२ मंसिरमा चितवनको सौराहामा हुँदैछ । न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images