images
images
  • मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु

    कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा। खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो ।

    बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका(१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४ः४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुराइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images