images
images
  • तीन जना चढेको मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, अर्का गम्भिर

    काठमाडौं । बाराको कोल्हवी नगरपालिका–१, बटौलिया चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

    स्थानीय २० वर्षीय सागर चौधरी र १९ वर्षीय मदन चौधरीको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० वर्षीय अशोक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    कोल्हवीबाट श्रीपुरतर्फ जाँदै गरेको ना ४२ प ८०२३ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब साढे ८ बजे अनियन्त्रित भई सडकछेउमा रहेको स्वास्थ्यचौकीको भवनमा ठोक्किएको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images