images
images
  • सात महिनापछि हुम्लाको सिमकोटको उडान सुरु

    काठमाडौं । नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ ।

    कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको हो ।

    यसअघि नेपाल एयरलाइन्सले विमान संख्या कम भएर उडान भर्न नसकिएको जनाउँदै आएको थियो । अब भने दैनिक उडान हुने भएको छ ।

    नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगंजबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images