images
images
  • मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

    काठमाडौं । रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

    गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो ।

    सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको प्रहरीले जनाएको हो ।

    दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो ।

    डिएसपी श्रीराम भण्डारीले घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको डिएसपी भण्डारीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images