images
images
  • अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

    न्युयोर्क-अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

    देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षती पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ ।

    राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।

    उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन् । रासस र एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images