• बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

    काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

    स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् ।

    त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।

    स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।

    देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

    प्रतिक्रिया दिनुहोस्