images
images
  • नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टलाई  युरोपमा ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१’अवार्ड

    पोल्याण्ड-यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१’अवार्ड प्राप्त गरेको छ ।

    पोल्याण्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्याण्डको होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो। कुल १० अङ्कमा हुने मूल्याङ्कनमा स्नेहाजले ९ दशमलव ७ अङ्क प्राप्त गरेको सापकोटाले बताए। ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, रेस्टुरेन्ट व्यवसायी नरेश सापकोटाले भने ।

    उनको सोही स्नेहाज टच रेस्टुरेन्टले पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०’ को अवार्ड पनि प्राप्त गरेको थियो।

    स्नेहाज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्याण्डका संस्थापक सदस्य व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेष्टुरेण्ट हो।विगत १७ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका सापकोटा पोल्याण्डमा सफल नेपाली व्यवसायी मानिन्छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images