images
images
  • एनआरएनए युकेद्वारा मानार्थ सदस्य चिरन शर्मालाई कारवाही !

    लण्डन-गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आधिकारिक फेसबुक पेज दुरुपयोग गर्ने चिरन शर्मा (देवराज आचार्य) कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

    एनआरएनए कार्यसमितिको गत मंगलबार बसेको बैठकले संस्थाको सामाजिक संजाल फेसवुकको अफिसियल पेज अनधिकृत रुपमा प्रयोग गरि दुरुपयोग गरेको प्रमाणका आधारमा कारवाही गर्ने निर्णय गरेको हो । एनआरएनए युके प्रवक्ता भरतमणि चाङवाङले संस्थाका आधिकारिक पेज विना अनुमति चलाउने शर्मालाई कानुनी कारवाही अघि बढाउने तयारी भैरहेको एनआरएनए यूकेले जनाए ।

    एनआरएनएको मानार्थ सदस्यमा मनोनित उनले गत हप्ता एनआरएनए युकेको फेसबुक पेजबाट आफ्नो पक्षका उम्मेदवारहरुको जुम लाईभको प्रत्यक्ष प्रशारण गरेका थिए । एनआरएनए मानर्थ सदस्यजस्तो व्यक्तिले एनआरएनए युकेको फेसबुक पेजको अनधिकृत प्रयोग गरेका शर्मालाई एनआरएनए युकेको सदस्यता समेत निलम्बन प्रक्रियाअघि बढाउने निर्णय कार्यसमितिले गरेको प्रवक्ता चोङवाङले विश्व खवरलाई जानकारी दिए ।

    संघको बैठकले संस्थाको पेज दुरुपयोग गरिकोमा प्रहरीमा समेत उजुरी गरि साइवर क्राइममा अन्तगर्त कारवाही गर्ने बारेमा कानुनविद्सँग परामर्श सुरु गरेको प्रवक्ता चोङवाङलेद्धारा जारी विज्ञप्तीमा भनिएको छ । पत्रकार शर्मा बेलायतस्थित एक अनलाईन नेपालव्रिटेन डटकमको सम्पादक हुन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images