images
images
  • तीन महिनापछि बल्ल डोटीमा प्रजिअ

    काठमाडौं । गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो ।

    निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उहाँले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आउनुभएको थियो । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images