काठमाडौं-गैरआवासिय नेपाली नेपाली संघ एनआरएनएका सचिव गौरीराज जोशीले एनआरएनएको सुदुरपश्चिम प्रदेश मोबाइल ब्लड बैंक बस परियोजनामा सहयोग गरेका छन् ।
एनआरएनएको मोवाईल बस प्रोजेक्ट अन्तर्गत सुदूर पश्चिममा हस्तान्तरण गरिने बस खरीदका लागि जारी आर्थिक संकलन अभियानमा व्यक्तिगत रुपमा सचिव जोशीले ५ लाख ८४ हजार ७ सय ७८४ रुपैंया सहयोग गरेका हुन् ।
एनआरएनए अध्यक्ष पन्त र मोवाईल बस प्रोजेक्टका संयोजक गौरी जोशीको पहलमा एनआरएनएले दोस्रो बस सुदूरपश्चिमलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । एनआरएनको आर्थिक संकलन अभियानका सदस्य हिक्मत थापाले मोवाईल ब्लड बस खरीदका लागि सहयोग गरेकोमा एनआरएनएका सचिव जोशीप्रति सुदुर पश्चिम प्रदेशबासीको तर्फबाट आभार व्यक्त गरे ।
जोशीले एनआरएनए भवनदेखि, शंख्खमूल पार्क हुँदै नेपालमा बाढी पहिरो, हावाहारी जस्ता विपत्तीमा महत्वपूर्ण योगदान पुर्याएका थिए । निःस्वार्थ हिसावले सामाजीक कार्य गर्दै आएका भएको जोशीले एनआरएनए भवनमा १० हजार डलर, शंख्खमूल पार्कमा ३ लाख ५० हजार, एनआरएनए मोबाइल ब्लर्ड बैंक बस परियोजनामा ६ लाख, कोभिड महामारीमा १० लाख आर्थिक सहयोग गरेका थिए । त्यस्तै, उनले चितवनमा छात्रावासाको लागि ६० लाख सहयोग गरेका थिए । चेपाङ समुदायका बालबालीकालाई निःशुल्क रुपमा पठाउँदै आएका छन् । उनले सामाजीक संघसंस्थामा आर्थिक तथा भौतीक सहयोग पुर्याउदै आएका छन् ।
हाल अमेरिकाको टेक्ससमा बस्दै आएका जोशी नेपालको चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए । अमेरिकामै आइटीको अध्ययन पुरा गर्दै उतै आइटीको ब्यवसाय शुरु गरेका जोशी हाल आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुन् । सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका थिए । उनले निकै नै उदाहरणीय कार्य गरेर नेपाली समुदायको मन जित्दै आएका छन् ।
एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य रहेका हुन् । जोशी सन् २०१५ देखि एनआरएनएमा जिम्मेवारीसँगै सक्रिय भएका थिए । उनले सन् २०१५–२०१७ मा एनआरएनए अमेरिकाज्को क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका थिए ।जसको परिणाम एमआइएस सिस्टममार्फत संस्थामा अहिलेसम्मकै सबैभन्दा बढी सदस्य बन्न सफल भए भने संस्थाका पञ्चीकृत सदस्यहरुको रेकर्डदेखि सबै संरचनालाई ब्यवस्थित बनाउन सफल भए ।
एनआरएनलाई समयानुकल र प्रविधिमैत्री बनाउन उनले महत्वपूर्ण योगदान गरेका छन् । उनले भने, एनआरएन मोबाइल ब्लड बैंक बस परियोजनाको संयोजकको जिम्मेवारी समेत पाएका थिए । जोशी संयोजक रहेको मोबाइल ब्लड बैंक बस परियोजनाले विश्वभरिबाट सहयोग संकलन गरि चितवनमा पहिलो पटक एनआरएन मोबाईल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने सुदुरपश्चिम प्रदेशमा पनि दोस्रो एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्ने अन्तिम तयारीमा जुटेको छ।


विश्व खबर 



















