images
images
  • एनआरएनए कोलोराडो च्यापटरमा महिला संयोजकको लागि सरिता गुरुङको उमेद्वारी


    अमेरिका । गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद अमेरिकाको कोलोराडो च्यापटरका लागि महिला संयोजक समाजसेवी सरिता गुरुङले उमेद्वारी दिएकी छिन।

    समाजसेवी सरिता गुरुङ कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरकोटमा जन्मेकी गुरुङले “एक पटकको नेपाली सधैको लागि नेपाली, हाम्रो प्रतिवद्धता गतिशील, सशक्त, संस्थागत र समावेशी” भन्ने मुल नाराका साथ महिला संयोजकको लागि उमेद्वारी दिएकी हुन्।

    अमेरिकाको कोलोराडो स्थित बसोबास गरिरहेकी समाजसेवी सरीता गुरुङले आफ्नो ब्यास्त समयलाई ब्याबस्थापन गर्दै दुखी पिडितहरुको लागि प्रवासबाट सहयोग गर्दै आईरहेकी छिन ।

    एनआरएनए कोलोराडो च्यापटरमा सन् २०२१-२०२३ सालको लागि महिला संयोजकको पदमा विजय भएमा महिला र कोलोराडोमा रहेका नेपाली भाषिहरुको कला, सस्कृतिहरुलाई अगाडी ल्याउन पहल गर्ने र च्यापटरलाई सकृय बनाउन सहयोग गर्ने हिमाली संचारसंगको कुराकानीमा बताएकी छिन्।

    समाजसेवी गुरुङका अनुसार “कोरोनाको दोस्रो लहरले नेपाल आक्रन्त बनाई रहेको यो विषम परिस्थिमा हाम्रो देश दुख्दा हामी प्रदेशीहरुको मन अझ दुख्दो रहेछ। त्यही भएर नेपाल जान मिल्यो भने यही हप्ताभित्र केहि राहत लिएर नेपाल जाने कार्ययोजना रहेको समेत बताईन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images