images
images
  • यस्ता छन् दशैँका साइत (सूचिसहित)

    काठमाडौं- यस वर्षको दशैँको शुभसाइत गृह मन्त्रालयले सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् । उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।

    दशैँसँग सम्बन्धित साइतहरू

    •  २१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे
    • २२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)
    • २५ असोज सोमबार- श्री पचलीभैरव यात्रा
    •  २६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे, स्थिरासन बिहान ८:४४ बजे
    • २७ असोज बुधबार- महाअष्टमी, कालरात्रि
    • २८ असोज बिहीबार- महानवमी
    •  २९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे
    • टीका- बिहान १०:२ बजे
    • श्री तुलजाभवानी यात्रा- बिहान ७:१ बजे
    • स्थिरासन- बिहान ८:३२ बजे, खड्गयात्रा
    • २ कात्तिक मंगलबार- अखिल बलिपूर्ति
    •  २ कात्तिक मंगलबार- कोजाग्रत व्रत
    • Avatar

    प्रतिक्रिया दिनुहोस्
    images
    images