• कैंचीको जादुले जापानमा धमक्का पिट्दै नेपाली चेली !

    काठमाडौं । जापानमा आउने हरेक विदेशीहरुमा सुरुवातका दिनमा आईलाग्ने एउटा समस्या भनेको आफुलाई मन लागेको डिजायन अनुसारको कपाल कटाउन नसक्नु हो ।

    सायद् जापानमा रहनुहुने तपाईले यो अनुभव अवश्य संगाल्नुभएको छ । तर पछिल्लादिनमा विदेशीहरुले पनि जापानमै हेयर डिजाईनरको प्राविधिक कलेज पढि व्यवसायिकरुपमा यो पेशा अप्नाउन थालेका छन्

    । यद्यपी त्यस्ता विदेशी हेयर डिजाईनरहरुको संख्या भने एकदमै न्युन छ । त्यहि न्युन संख्यामा पर्छिन् , ईलामकी मेरियम राई , जो जापानमा आई हेयर डिजाईनिंगको पढाई सक्काएर हाल व्यवसायिक हेयर डिजाईनरको रुपमा कृयाशिल रहेकि छिन् ।

    जापानको टोकियोको सिनओकुबो स्थित आफ्नै लगानीमा’ राईसान हेयर नेपाल’ नामक हेयर सेलुन संचालन गरिरहेकि मेरियम राई, नेपाला समूदायमा मात्रै नभई, जापानी तथा अन्य विदेशीहरुको माझमा पनि परिचित बनिसकेकि छिन् । उनलाई उनको वास्तविक नामले भन्दा पनि, ‘राईसान हेयर नेपाल’का नाम बढि चिनिन्छ ।

    राई, भन्छिन् – ‘जापानमा हेयर डिजाईनरको पढाई सजिलो छैन । अध्यायन तथा लागत दुवै दृष्टीकोणले गाह्रो छ । तर पढ्न सक्ने हो भने सम्भावनाहरु प्रशस्त छन्’।

    सम्भवत:‘जापानमा औपचारिक ज्ञान तथा लेईसेन्स सहित यो पेशाअंगाल्ने उनि पहिलो नेपाली पनि हुन् । ८ वर्ष अघि जापान आएकी राईले यहाँ फरक अध्ययन र फरक पेशा अप्नाउन सकेका कारणनै चाँडै नै पृथक पहिचान बनाउन सफल भएकि छिन् ।

    प्रतिक्रिया दिनुहोस्