images
images
  • रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स बराबरीमा रोकियो

    भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

    तर, ७७ औं मिनेटमा हेलास भेरोनाका एन्टोनियो बाराकले बराबरी गोल फर्काउँदै युभेन्ट्सलाइ जितबाट बन्चित गराए ।

    यस बराबरीपछि युभेन्ट्स लिग लिडर इन्टरभन्दा ७ अंकले पछि परेको छ । २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा यथावत छ ।

    समान खेलबाट ५३ अंकसहित इन्टर पहिलो र ४९ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

    भेरोना ३५ अंकसहित नवौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images