images
images
  • नेकपा (एस) का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

    • images
    • १३ आश्विन २०७८

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।

    नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

    उनको स्वास्थ्य सामान्य रहेको र केही दिनको आरामसहित उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको बताइएको छ ।

    उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दाससहितको टोली संलग्न छ ।

    स्वास्थ्य संवेदनशीलताका कारण नेता नेपालसँगको भेटघाट बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images