काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्।
वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् । उनले भने, ‘हरेक व्यक्तिको आस्था वा राजनीतिक विचारधारा हुन्छ । एनआरएनमा राजनीतिक विचारधारा नल्याइकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक विचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो।’ उनले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएको भन्दै यसलाई प्यानलको रुपमा लिन नहुने बताए।
समूह निर्माण गर्नु विधान विपरीत भएन र भन्ने प्रश्नमा डा. केसीले भने, ‘एजेण्डासँग सहमत उम्मेदवारहरुलाई समेटेका हौं। निर्वाचनको प्रक्रिया हुँदै गर्दा सबै क्षेत्रलाई समेट्नको लागि यो प्रयास थालिएको हो।’ यसलाई प्यानलको रुपमा बुझ्नुहुँदैन भन्दै डा. केसीले आफ्नो समूहको बचाऊ गरे। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा. बद्री केसी आफ्नो टीमको छनोट अन्तिम चरणमा पुगेको छ ।
लामो गृहकार्यपछि सवै पार्टी निकट र बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका अभियन्तालाई समेटेर टीम निर्माण गरी चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रनुभएको हो । राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले समावेशी समूह बनाएर केसी चुनावी मैदानमा उत्रिने भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताए ।
डा.केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा डा। हेमराज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने टुंगो भएको छ। यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका) उम्मेद्वार बन्ने निश्चित भएको छ । जोशी वर्तमान कार्यसमितिका सचिव समेत हुन् ।एक महिला अनिवार्यसहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहने भएका छन् । कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ ।
सह-कोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने तय भएको छ । अध्यक्षका प्रत्यासी केसीले सवै बिचार र क्षेत्र समेटेर टीम निर्माण गरिएको बताउनु भयो । ‘हरेक व्यक्तिको आस्था वा राजनीतिक विचारधारा हुन्छ । एनआरएनमा राजनीतिक विचारधारा नल्याइकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक विचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो,’ केसीले भने । उनले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएको जानकारी दिए ।
डा. केसी टीमले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएको छ। केसी समूहमा प्रजातान्त्रिक विचारधारका डा। हेमराज शर्मा, महेश श्रेष्ठ, यसमिन बेगम र रोशन थापालाई समेटेको छ । नेकपा (माओवादी केन्द्र) निकटको डिबी क्षेत्री, लोक दाहाल,ओम गुरुङ, मिलन छन्त्याल र संगीता मरहठ्ठा हुन् ।अष्ट्रेलियाका धर्मराज अधिकारीलाई माधव नेपाल समूह अर्थात नेकपा एमाले (समाजवादी) निकटको रुपमा हेरिन्छ। नेकपा एमाले निकटका रुपमा रामशरण सिम्खडा, चिरन्जीबी घिमिरे हुन्। आगामी अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि केसीसहित बेलायतका कुल आचार्य र अमेरिकाका रबिना थापा मैदानमा छन् ।
एनआरएनए विधानमा प्यानलसहित निर्वाचन लड्न मनाही छ। तर संघका केन्द्रीय पदाधिकारी उम्मेदवारहरुले विधानमा उलङ्घन गर्दै प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्दै आएको इतिहास छ। दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका अन्य प्रत्यासीहरु बेलायतका कुल आचार्य र अमेरिकाकी रविना थापाले पनि प्यानलको टुङ्गो लगाउन ब्यस्त देखिएका छन्।


विश्व खबर 




















