images
images
  • खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

    २०७६ मंसिरमा भएको १३ औं सागको क्रिकेट र माघमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल, ओमान र अमेरिकाको सिरिजमा नेपाल क्रिकेट संघ (क्यान)को भूमिका व्यवस्थापन मात्र हो । २०७७ माघमा भएको प्रधानमन्त्री कप क्रिकेट पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा भएको हो । यसमा पनि क्यानको भूमिका व्यवस्थापनमै सीमित भयो ।

    अर्थात् १८ महिनामा क्यान आफैंले केही गरेन । यद्यपि क्यानका पदाधिकारीहरु निलम्बन पूर्ण रुपमा फुकुवा नभएको अवस्थामा पनि काम भइरहेको दाबी गर्छन् । कोरोना महामारीले पनि असहज बनाएको उनीहरुको भनाइ छ ।

    ०००

    विशेष साधारणसभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ कमिटी निर्वाचित भएको एक सातापछि आईसीसीले २७ असोज २०७६ मा सशर्त निलम्बन फुकुवा गर्ने निर्णय गर्‍याे। पूरै निलम्बन पुकुवाका लागि भने केही शर्त राख्यो ।

    त्यही शर्तअनुसार क्यानले हालै मात्र विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र मुख्य वित्त प्रबन्धकमा रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको छ । तर उनीहरुलाई अहिलेसम्म प्रष्ट भूमिका दिन सकेको छैन ।

    अष्ट्रेलियन डेभ वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ, तर टिमसँग कुनै खेल छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images