images
images
  • नेपालसंग मिलेर काम गर्न इच्छुक छौं: चिनियाँ विदेशमन्त्री वाङ यी

    काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालसंग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउँदै उनले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान इच्छुक रहेको प्रतिक्रिया दिएका हुन् ।

    नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीटमार्फत् यसबारे जानकारी दिएकी छन्। यान्छीले लेखेकी छन्, ‘चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउनुभएको छ । र चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसंग  मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

    परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि अमेरिकामा छन् । उनी गत साता परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images