images
images
  • मध्ये रातमा मन्दिरका संरचना भत्काउन वडाध्यक्षले एक्स्काभेटर पठाएपछि…

    • images
    • ९ आश्विन २०७८

    कपिलवस्तु- कपिलवस्तुको कपिलवस्तु नगरपालिका-७ धमौलीमा मध्ये रातमा मन्दिरको संरचना भत्काइएको छ । धमौली गाउँभित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए ।

    मध्यरातमा ठूलो आवाज आएपछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले बताए । कपिलवस्तु नगरपालिका(७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ ।

    शुक्रबार दिउँसो मन्दिरको संरचना तोड्न केही श्रमिक आएपछि स्थानीयले अवरोध गरेका थिए । गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम खर्च गरेर मन्दिरको पर्खाल निर्माण गरेको थियो ।

    सो कामको डिजाइन चित्त नबुझेपछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए । भत्काइएको स्थलमा छानासहितको संरचना निर्माण गराउने योजना रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images