images
images
  • कुल आचार्यले एनआरएनए अध्यक्षमा आइतबार उम्मेदवारी घोषणा गर्दै

    काठमाडौं- गैर आवासीय नेपाली संघको निर्वाचनका लागि कुल आचार्य प्यानलले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको छ । आचार्य प्यानलले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको हो ।

    पद्धति र पादर्शीता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धताु नारासहित उम्मेदवारी घोषणा गरिन लागिएको जनाइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे याक एण्ड यति होटलमा राखिएको छ।

    घोषणासभा मार्फत अध्यक्षमा आचार्यसहित अन्य पदका उम्मेदवारहरुले पनि संगै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । यसअघि नेपाली कांग्रेसले एनआरएनएको निर्वाचनमा आचार्य टिमलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

    गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वका लागि आचार्यसंगै रविना थापा र डा. बद्री केसीले चुनाव लड्ने छन् । थापाले बिहीबार मात्रै औपचारिक उम्मेदवारी घोषणा गरिसकेकी छिन् । उपाध्यक्ष डा. बद्री केसीले भने औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images