काठमाडौं- नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने बताएका छन् l प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगको भेटमा उनले उक्त कुरा बताएका हुन् l
उनले शुक्रबार टुइट गर्दै भनेका छन्, ‘तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव पार्टी सभापति एवं सम्माननिय प्रधानमन्त्रीज्युसंग आजको भेटमा राखेको छु l’ उनले भनेका छन्, प्रधानमन्त्रीको जवाफ थियो,’यो मानवीय र साझा बिषय हो l कानून बनाउन मात्र होइन कार्यान्वयन गर्नपनि सरकार लाग्छ, म यसमा प्रष्ट छु र दृढ़ छु l’
उनले पार्टी महाधिवेशनको तयारी, आफूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको, सरकारका उपलब्धि र कमजोरी लगायतका बिषयमा पनि बालुवाटारमा लामै संवाद गरेको टुइटमा उल्लेख गरेका छन् l उनले थप्दै लेखेका छन् ,’ मैले भेटमा प्रचार विभागले महाधिवेशन पुर्व `चिन्तन चौधौं महाधिवेशन´ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराए l’
कांग्रेसले १४ औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।























