श्रीनगर । भारतको जम्मू-कश्मीरको उधमपुर जिल्लामा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई पाइलटको मृत्यु भएको भारतीय अखबारले बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा मेजर रोहित कुमार र मेजर अनुज राजपूत रहेका छन् । जम्मूको पटनीटप ठाउँको शिवगढ पहाडमा दुर्घटना भएको हो ।
जम्मू-कश्मिर पुलिसकाअनुसार हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि ठूलो आवाज आएको थियो । यससँगै दुर्घटना भएको ठाउँमा धुँवा फैलिएको थियो । दुर्घटनाको सुचना प्राप्त भए लगत्तै भारतीय पुलिसकाे टिम दुर्घटनास्थल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















