images
images
  • के तपाई नेपाल आउँदै हुनुहुन्छ ? यस्ता छन्, पालना गर्नुपर्ने मापदण्ड

    काठमाडौँ- चाडपर्व नजिकिएसँगै विदेश रहेका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । दशैँ–तिहार तथा छठजस्ता चाडपर्व मनाउन कै लागि उनीहरु घर फर्कन थालेका हुन् ।

    विदेशबाट नेपाल आउने यात्रुहरूका लागि अध्यागमन विभागले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्ट र पूर्ण डोज खोप लगाएको प्रमाणपत्र अनिर्वाय गरेको छ ।

    ७२ घण्टाभित्र पीसीआर गरेको रिपोर्ट र कोभिड-१९ विरुद्ध पूर्ण खोप नलगाएकाले सिधै घर जान पाउने छैनन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्ने त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ ।

    चाडपर्व नजिकिएसँगै बाहिरबाट स्वदेश फर्कनेहरुको संख्या ह्वात्तै बढेको सरकारी तथ्यांक छ ।  विभागकाअनुसार पछिल्लो ४ दिनमामात्रै १० हजार नेपालीहरु स्वदेश फर्किएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images