काठडमाडौं । गैरआवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन र निर्वाचन तोकिएकै समयमा हुने भएको छ ।
सोमबार परराष्ट्र मन्त्रालय अधिकारी र एनआरएनएका पदाधिकारीहरु बीच भएको छलफल पश्चात् यस्तो समझदारी भएको अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद मिलाएर निर्वाचन जान परराष्ट्र मन्त्रालयले सुझाव दिएको छ । सोमबार अध्यक्ष कुमार पन्तको टोलीले एनआरएनए डेक्स हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीबीच छलफल गरेको थियो ।
छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको थियो । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले आफूलाई हर्षित बनाएको प्रतिक्रिया दिए । अध्यक्ष पन्तले भने, ‘विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ ।’
महासचिव डा। हेमराज शर्माले भने, एनआरएनए भावनाबाट होइन, विधि विधानबाट चलाउनु पर्छ भन्ने हाम्रो अडानलाई परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ ।


विश्व खबर 



















