images
images
  • तालिबानको डरले विभिन्न ठाउँमा लुक्न बाध्य अमेरिकी नागरिक र ग्रीन कार्ड प्राप्त गरेका मानिसहरु

    अमेरिकी ग्रीन कार्ड लिएका कैलिफोर्नियाको एक जोडी आफ्नो तीन साना बच्चाहरुका साथ अफगानिस्तानको राजधानीमा प्रत्येक रात अलग अलग घरमा गुजार्दछन् र दुवै वयस्क पालोपालो सुत्दछन् जसले गर्दा जब एकजना सुतिरहेको हुन्छ बच्चाहरुलाई रेखदेख गर्न सकियोस र यदि तालिबान मानिसहरु आउने आहट भयो भने त्यहाँबाट भाग्न सकियोस् । दुई हप्तामा उनीहरु सात ठाउँ बदलिसके र बस्न र भोजनको लागि आफ्नो सम्बन्धिसँग निर्भर छन् । उनीहरुलाई एउटा कलको तिव्र रुपमा प्रतिक्षा छ जसमा कसैले उनीहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्न सहयोग गरोस् ।

    अमेरिकी विदेश विभागको एक अधिकारीले उनीहरुलाई केही दिन अगाडि फोन गरेका थिए र नेका थिए कि उनीहरुको जिम्मेवारी एक व्यक्तिलाई दिइएको थियो तर त्यसपछि कसैले उनलाई सम्पर्क गरेनन् । अब यहाँबाट निकल्नको लागि उनी एक अन्तर्राष्ट्रिय बचाउ संगठनको सम्पर्कमा छन् । एसोसियटेड प्रेसलाई पठाइएको संदेशमा बच्चाहरुको आमाले भनिन्, “हामी डराइरहेका छौं र लुकिरहेका छौं । ”

    अफगानिस्तानबाट अमेरिकी सैनिकको वापसी पछि अमेरिकाको अनेक नागरिक, अमेरिकाको स्थायी निवासी, ग्रीन कार्ड धारक, भिसा आवेदक समेत कैयौं व्यक्तिहरु छन् जसले २० सालदेखि चलेको युद्धमा अमेरिकी सैनिकलाई मद्दछ गरेका थिए र उनीहरु अफगानिस्ताबाट निक्लन पाएका थिएनन् । यस्ता सबै व्यक्तिहरुसँग कुरा गर्दा यो थाहा भएको थियो कि उनीहरु सत्तारुद्ध तालिबानसँग निकै डराएका छन् र उनीहरुलाई यस्तो लाग्दछ कि तालिबानका मानिसहरुले उनहरुलाई खोज्दछन्, जेलमा हाल्दछन् वा मारि नै दिन्छन् किनकी उनीहरु अमेरिकी हुन् र उनीहरुले अमेरिकी सरकारको लागि काम गरेका थिए । यी मानिसहरुको चिन्ता छ कि बाइडेन प्रशासनले उनीहरुलाई निकाल्नको लागि जुन वचनबद्धता गरेका थिए त्यो अहिले रोकिएको छ ।

    काबुलको एक अपार्टमेन्टमा रहेका ग्रीनकार्ड धारक एक व्यक्तिको घरमा जब फोनको घण्टी बज्दछ तब उसलाई लाग्यो कि यो अमेरिकी विदेश विभागको तर्फबाट होला जसले उनलाई त्यहाँबाट लैजान कुराकानी गर्दछन् । तर यो फोन तालिबानको थियो जसमा भनिएको थियो, “हामी तपाईहरुलाई नोक्सान पुर्याउँदैनौं । आउनुस हामीसँग मिल्नुहोस । केही पनि हुँदैन । यसमा यो पनि भनिएको थियो कि हामीलाई थाहा छ तपाईहरु कहाँ हुनुहुन्छ ।”यी कुरा सुनेर त्यो व्यक्ति आफ्नो परिवारलाई लिएर त्यस अपार्टमेन्टबाट भाग्यो ।”

    अमेरिकी विदेश मन्त्री एंटनी ब्लिंकनले गएको हप्ता कांग्रेस समक्ष भनेका थिएक कि उनको यस्तो अनुमान छ कि हजारौं ग्रीन कार्ड धारक तथा करीब १०० अमेरिकी नागरिक अझै पनि अफगानिस्तानमा छन् । ब्लिंकनले भनेका थिए कि अमेरिकी सरकार उनीहरुलाई निकाल्नको लागि अmै पनि प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images