images
images
  • गैरआवासीय नेपालीको सांगीतिक प्रतियोगिता ‘एनआरएन द सिङ्गर’ प्रसारण हुँदै

    काठमाडौं । गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको सांगीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ। यो कार्यत्रम प्रसारणका लाग दुवै पक्षबीच सम्झौता भएको हो।

    कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसारण गरिनेछ।  आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौंमै हुनेछ र यसको प्रत्यक्ष प्रसारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ।

    एनआरएनए आईसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी सो ‘एनआरएन द सिङ्गर’ सुरु गर्न लागेको हो।  संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले ‘प्रि अडिसन’ तयारी लगभग सकिएको बताए।

    गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो। कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आईसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले जानकारी दिए।

    दक्षिण एसियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन्।

    ‘खोजी :  एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने रहनेछन्। –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images