images
images
  • नेकपा एकीकृत समाजवादीको युके गठन: अध्यक्षमा तिवारी र महासचिव खतिवडा

    • images
    • २८ भाद्र २०७८

    युके-नेकपा एकीकृत समाजवादी यूके (ओएनयूएफ यूके) राष्ट्रिय संगठन कमिटी गठन भएको छ । १२ सेप्टेम्बर (आइतबार) अल्डरसटमा सम्पन्न भेलाले बेलायतस्थित व्यवसायी कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।

    प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा संघका पदाधिकारीहरु र सदस्यको सहभागितामा सम्पन्न बैठकले माधवकुमार नेपाल समूहको प्रवासी नेपाली मञ्च विधिवत विघटन गरि नेकपा एकीकृत समाजवादी यूके गठन गरेको छ ।उक्त कमिटीमा वरिष्ठ उपाध्यक्षमा उमेशराज मोक्तान, उपाध्यक्ष सुशीला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा र सदस्यहरूमा एस के गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दिपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्वु शेर्पा निर्विरोध चुनिएका छन् ।

    प्रवासी नेपाली मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी बराललाई समितिको सल्लाहकार चयन गरिएको छ । भविष्यमा कमिटीमा पदाधिकारी र सल्लाहकारहरु चयन गरिने अध्यक्ष कृष्ण तिवारीले बताए ।नवगठित कमिटीका पदाधिकारीहरूलाई प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख श्रीप्रसाद शाहले पार्टीको विधान अनुसार ‘भर्चुअल’ शपथ ग्रहण गराए ।

    उनले कमिटीलाई बधाई दिंदै पार्टीको विधि विधान, पद्धति र मान्यतालाई साथ दिंदै मन, वचन र कर्मले राष्ट्र, जनता र पार्टीप्रति बफादार हुन पनि आग्रह गरे । प्रवासमा रहेका सबै नेपालीहरुसँग हातेमालो गर्दै कमिटी विस्तार गर्न पनि शाहले अनुरोध गरे । त्यसैगरि, भर्चुअल उपस्थित भएका विशेष अतिथि युरोप सचिव सुभाष पोखरेल र प्रत्यक्ष उपस्थित अतिथि प्रदेश नम्बर १ सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सुष्मा राईले पनि निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images