images
images
  • चुनाव जित्न राजनीतिक शरण लिन खोजेपनि एनआरएनए विधानमा अनुसार नै समस्या हल हुन्छ: उपाध्यक्ष डा.केसी

    काठमाडौं-गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्रि केसीले राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन । एनआरएनएको अक्टोबरमा हुने भनिएको दशौं महाधिवेशनको अवसर पारेर शनिबार देश र विदेशका प्रवासी पत्रकारहरूसँगको अन्तरक्रियामा डा. केसीले एनआरएनजस्तो सामाजिक संस्थाको न्युनतम गरिमा समेत नराखी चुनाव जिताइदिन भन्दै नेताको घरदैलो चहार्दै हिड्नु अभियानकै बेइज्जत भएको बताएका हुन् ।

    राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्छ तर संस्थामा हस्तक्षेप भित्राउने गरी लम्पसार नपर्न सरोकारवालाहरुलाई आग्रह गर्दै केसीले भने, “नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग मेरो पनि राम्रो सम्बन्ध छ । उहाँहरुसँगको भेटमा चुनाव जिताइदिन आग्रह गर्दै सहयोगको याचना गर्नेहरुलाई मतदाताहरूसँग जान र विधानअनुसार अघि बढ्न सुझाव दिनुहोला भन्ने गरेको छु । मैले भेटेर फोटो खिच्दैमा राजनीतिक दलको उम्मेदवार भयो र जित्नको लागि याचना गर्न पुग्यो भन्ने हुँदैन । म त ती भेटहरुमा तपाईहरु एनआरएनलाई हस्तक्षेप नगरिदिनुस, संस्था हाँक्न हामी सक्षम छौं भनेर भन्ने गरेको छु । ” संस्थाको मर्यादा कायम राख्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने भन्दै उनले विचार मिल्ने साथीहरूको टिम बनाएर अघि बढ्ने तर प्यानलनै भनेर घोषणा भने नहुने बताए । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनको दावी छ ।

    यो पनि हेनुहोस्: एनआरएनएको आगामी निर्वाचन सम्बन्धि प्रकृया तत्काल अगाडी नबढाउन परराष्ट्रको निर्देशन

    एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा.केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल आइसीसी सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा.केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images