images
images
  • एनआरएनए अब युवाले सम्हाल्नुपर्छ : महासचिव डा. शर्मा

    लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले संघ अब युवाहरूले चलाउने समय आएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारसँगको अन्तरक्रियामा डा. शर्माले संघका पुराना नेताहरू बढी राजनीतिक दलसँग आवद्ध भएका वा उनीहरूलाई गुहार्ने गरेकाले समस्या निम्तिएको बताए ।

    पछिल्लो समय एनआरएनएमा राजनीतिक जालझेल बढेकाले पनि युवा तथा व्यावसायिक व्यक्तिहरूको उल्लेख्य संलग्नता नभएको केसीको भनाइ छ । ‘यो गैरआवासीय नेपाली संघको धेरै अघिदेखिको समस्या हो । महिला तथा युवाको र व्यावसायिक व्यक्तिहरूको सहभागिता न्यून छ । दोस्रो पुस्ता नेतृत्वमा आउन सकेको छैन । त्यसको मुख्य कारण चुनावी विकृति हो,’ उनले भने ।

    डा. शर्माले कार्यशैलीका आधारमा अब एनआरएनए रुपान्तरणको प्रक्रियमा रहेको र त्यसका लागि वर्तमान कार्यसमितिले पहले गरेको बताए । ‘उप्रेन्द्र महतो, शेष घलेलगायत संस्थापक नेताहरू अब संघमा सक्रिय हुनुहुन्न । त्यसैले अब अर्को पुस्ता रुपान्तरित हुनैपर्छ,’ शर्मा भन्छन् ।

    विगतमा काठमाडौंमा चुनाव गर्ने र राजनीतिक हस्तक्षेप निम्त्याउने काम भएको भन्दै डा. शर्माले आगामी दिनमा त्यो रोकिनुपर्ने बताए । ‘हामी नेतृत्व भ्रममा पर्‍यौं । जसरी पनि चुनाव जित्नैपर्छ भन्नेमा लाग्यौं,’ उनले भने, ‘अब त्यस्तो भ्रमबाट मुक्त हुनैपर्छ । सदस्यता बढाउँदा विकृति आयो भन्दै त्यसलाई चुनावसँग जोडेर हेरियो । आफ्नै घरबाट आफ्नै डिभाइसमार्फत् चुनाव गराएको भए सदस्यता बढ्थ्यो । चुनाव पनि निष्पक्ष हुन्थ्यो ।’

    पछिल्ला दिनमा आर्थिक विकासका लागि १० अर्बको परियोजना, एनआरएनए फाउन्डेसनको स्थापना र नागरिकतालगायतका विषयका कामले गति लिएको डा. केसीले बताए । संघका हालका संरचनालाई थप चुस्त बनाउँदै, अधिवेशन पारदर्शी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images